राहत बाँड्न गएका चन्द्रकिरण बसेरीमा पिटिए

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १९, २०७२

chandraधादिङ बैशाख १९ । धदिङको उत्तरी क्षेत्रमा पर्ने बसेरीमा राहत वितरण गर्न गएको टोलि माथि आक्रमण हुँदा चन्द्र किरण न्यौपाने पिटिएका छन् । ओटा त्रिपाल लिएर बसेरी पुगेका टोलीलाई शम्भुढकालको नेतृत्वमा स्थानिय केहि यूवाले आक्रमण गरेका थिए ।
स्थिनिय युवाले आफुले भनेको ठाउमा हेलिकप्टर नबसाएको भन्दै राहात लिएर जाने राहात टोलिलाई हात पात समेत गरेका बताईएको छ ।
बसेरीको माहालक्ष्मी उमावि मा बसेको हेलिकप्टरमा बस्ने वितिकै त्यहाँका कांग्रेस निकट शम्भु ढकालले आक्रम गरेको राहत टोलिका चन्द्र किरण न्यौपानेले बताउनु भयो । लगिएको राहत सामाग्री वितरण नगरी हेलिकप्टर भने फिता भएको छ । यस घटना प्रति ऐकिकृत नेकपा माओवादी धादिङले गम्भिर ध्यानाकर्ष भएको र यस्ता घटना दोहोरीन नदिन जिल्ला प्रशासान सँग माग समेत गरेको छ ।