धादिङमा मृत्यू हुनेको संख्या ३ सय ६२ पुग्यो, उद्दार कार्यमा ढिलाई

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १६, २०७२

धादिङ बैशाख १६ । धादिङ जिल्लामा महाभुकम्पको कारण मृत्यू हुनेको संख्या ३ सय ६२ पुगेको छ । घाईतेहरु अझै गाउँमै छटपटाई रहेको अवस्था छ तर उद्दार कार्य ढिलाई हुँदा मृतकको सङ्ख्या थपिदै गएको छ । धादिङका कयौ गाविसमा जिल्ला प्रशासनले उद्दार टोली नपठाउँदा के कति मानविय क्षति भयो सहि तथ्याङक आउन ढिलाई भैरहेको छ । सेर्तुङ, रि, झार्लाङ, लापा, तिप्लिङका केहि गाउँहरु अहिले पनि सम्पर्क विहिन छन् । तर पनि जिल्ला प्रशासनले उद्दार टोलि र खाद्यन्न पठाउन सकि रहेको छैन ।

भुकम्प फेरि आउने डरले शिविरमा बस्न थालेपछि सदरमुकाम धादिङबेसी, सल्यानटार, खहरे, नौविसे लगाएतका ठाउँहरुमा चोरीका घटनाहरु बढेर गएको छ । सदरमुकाम धादिङबेसीमा स्थानियबासी आफै रातको समयमा गस्ती गर्ने गरेका छन् भने घर भत्किएर छोरा गुमाएमा नीलकण्ठ नगरपालिकाका कृष्ण उपाध्याको घरबाट बहुमुल्य गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यालय धादिङ बताएको छ । यातयातमा मनलाग्दी भाडा सार्वजनिक यातायत अझै सुचारु हुन सकेन । काठमाडौबाट धादिङ आउँदा रिजर्व गरेको ४० हजार सम्म भाडा लिएको समेत पाइएको छ ।