धादिङमा मृत्यू हुनेको संख्या ३०५ पुग्यो, ३ गाविसमा अझै उद्दार हुन सकेन ।

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १५, २०७२

धादिङ बैशाख १५ । धादिङ जिल्लामा महाभुकम्पको कारण मृत्यू हुनेको संख्या ३०५ पुगेको छ । घाईतेहरु अझै गाउँमै छटपटाई रहेको अवस्था छ, भने रि, लापा, सेर्तुङ का विरामीहरु सदरमुकाम ल्याउन सकिएको छैन । रि गाविसको पेर्चोमा पहिरोले गाउँ नै पुरिएको घटना सार्वजनिक भैसक्दा समेत जिल्ला प्रशासनले उद्दार टोली पठाएको छैन भने उद्दारका लागि ल्याईएको भारतिय वायु सेवा निगमका २ हेलिकप्टर ग्रामिण बस्तीमा ल्याण्ड गर्न नसक्दा घाईतेलाई उद्दार गर्न गारो परेको उद्दार समितिको भनाई छ ।
जिल्ला अस्पतालमा हाडजोर्निका डाक्टरहरु नभएका र बेहोस बनाउने उपकरणहरु नहुँदा उपचारमा थप अफ्टेरो परेको देखिन्छ । अस्पतालमा १२ जना डाक्टर र ३० जना भन्दा बढी स्वास्थ्य कर्मीहरु छन् तर स्रोत साधनको अभावले उपचारमा कठिनाई पर्दै गएको डाक्टरहरुले बताउँदै आएका छन् । उता गाउँ गाउँमा विस्थापित, घाईते विरामीहरुलाई राहत बाड्ने काम अझै हुन नसक्दा जनजिवन कस्टकर बन्दै गएको छ ।
जिल्ला अस्पतालमा उपचारत विरामीको पुर्ण नाम थर
0102030405
रेडक्रस
जिल्लाका रेडक्रस स्वयम सेवकहरुले खटेर काम गरेको देखिन्छ भने रेडक्रस केन्द्रले यस्तो महाभुकम्पमा परेको यस जिल्लालाई सहयोग गरेको देखिदैन ।