धादिङकी महिला स्वास्थ्य स्वयंसेविका कोइराला सम्मानित

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १०, २०७२

2धादिङ बैशाख १० । आफूले समातेको क्षेत्र, पेसागत लगन, समर्पण र योगदानमार्फत समाजलाई योगदान पु¥याउने नारीलाई बर्सेनि ‘नवदेवी सम्मान’ गर्दै आएको सेलिब्रेटिङ वुमनहुडले यसपटक धादिङकी महिला स्वास्थ्य स्वयंसेविका सावित्रा कोइरालालाइ सम्मान गरेको छ ।
विगत २४ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत मुरलीभन्ज्याङ ससाहकी सावित्रा कोइरालालाइ ‘करुणा’ सम्मान दिइएको हो । कोइरालाले नीलकण्ठ नगरपालिकाको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीमा विगत लामो समयदेखि महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा कार्यरत रही सर्वसाधारणहरुमा स्वास्थ सम्वन्धि चेतना फैलाउनको लागि सक्रिय भुमिका खेल्दै आउनुभएको छ । सामाजिक परिवर्तनका लागि उदाहरणीय काम गरेका महिलालाइ सम्मान र थप प्रोत्साहनका लागि सम्मानित गरिएको सेलिब्रेटिङ्ग वुमनहुड नवदेवी सम्मान की संयोजक सृजना सिंह योञ्जनले बताउनुभयो । शक्तिको रुपमा पूजिने नवदुर्गाहरुबाट प्रेरित भई नौवटा देवीहरु अन्नपूर्णा, भगवती, भवानी, दुर्गा, करुणा, लक्ष्मी, महामाया, सरस्वती र शक्तिका नाममा प्रदान गरिने सम्मान अन्तरगत महिला तथा बालवालिकाको स्वास्थ सुधार र जनचेतना अभिभिृद्धिमा टेवा पु¥याएको भन्दै नगद २० हजार, ताम्रपत्र र ट्रफी प्रदान गरिएको थियो ।