प्रचण्ड भोलि ठिक ९ बजे फुलखर्क आउने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

PRACHANDA dahalधादिङ बैशाख ६ । पूर्व प्रधान मन्त्री तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि उत्तरी धादिङको फुलखर्क आउने पक्का भएको छ ।
धादिङ जिल्लाको एक मात्र कृषि प्रविधिका शिक्षालयको भवन उद्घाटन गर्न प्रचण्ड धादिङ आउन लाग्नु भएको हो ।
शैक्षिक जनशक्तिलाई समुचित सिप सिकाई देशको लागि दक्ष प्राविधिकहरु उत्पादन गर्ने सरकारको नीति अनुसार उत्तरी धादिङको फुलखर्कमा सुरु भएको कृषि प्राविधिक शिक्षालयको नव निर्मित भवन विविध साँस्कृतिक कार्यक्रमको साथ बिहान ठिक ९ बजे प्रचण्डले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । पूर्व प्रधान मन्त्री तथा धादिङ क्षेत्र नं. १ मा प्रचण्ड आउने भएपछि फुलखर्क स्थित मण्डली उमावि सिगारिएको छ, भने प्रहरीले शान्ति सुरक्षालाई मजबुद बनाएको बताएको छ ।