आईरन तत्व पाउन फलामे कराई बितरण

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

आचार्य,
रसुवा बैशाख ४ । स्वास्थ्यका लागि अत्यावश्यक आइरन तत्व प्राप्त गर्न गाउँ गाउँमा रहेका महिला स्वास्थ्य स्वयमसेविकालाई कालिकास्थानमा फलामे कराई बितरण गरिएको छ । जिल्लाको भोर्ले, लहरेपौवा र धैबुङ्गका गरी ९२ जना स्वयम् सेविकालाई, पोषिलो जाउलो तयार गरी गाउँगाउँमा बालबालिकाहरुलाई खुवाउन प्रेरित गर्न फलामे कराई वितरण गरिएको हो । स्वास्थ्य, पोषण र सरसफाई क्षेत्रमा क्रियाशिल सुआहारा कार्यक्रमको आयोजनामा स्वयम् सेविकाहरुलाई कराई तथा राष्ट्रिय भिटामिन ए कार्यक्रमबाट प्राप्त झोला निमित्त रसुवा जिल्ला स्वास्थ्य प्रमुख वीरेन्द्र शाहले वितरण गर्नुभएको हो । शाहले फलामे कराईमा फकाएर खानेकुरा खादा र बालबालिकाहरुलाई खुवाउदा आईरन तत्व पाईने र यसको महत्व बारे गाउँ गाउँमा सिकाउनु पर्ने बताउनुभयो ।