ग्राण्डी अस्पतालमा अब सस्तो वेडको छुट्टै वार्ड

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

hariकाठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौं ले सस्तो शुल्कमा विश्वस्तरको उपचार सेवा दिने भनि विहीबारदेखि सिद्धार्थ वार्ड सन्चालनमा ल्याएको छ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा रिबन काटेर सिद्धार्थ वार्ड उदघाटन गर्नु भएको थियो ।
अस्पतालको तेस्रो तलामा रहेको सिद्धार्थ वार्डमा २७ शैया छन् । ग्राण्डीमा दैनिक ५ सयदेखि २६ हजार रुपैयाँसम्मका बेड छन् । कति मूल्य तिरेर कस्तो खालको बेड लिने हो विरामीहरुले ‘आईपीडी काउन्सिलिङ काउन्टर’ मार्फत् रोज्न पाउँछन् ।
‘सबैका लागि स्वास्थ्य भन्ने नेपाल सरकारको राष्ट्रव्यापी अभियानलाई समेत टेवा पुर्याआउने उद्देश्यले पाँच सय रुपैयाँ शुल्कको बेड सहितको सिद्धार्थ वार्ड सन्चालनमा ल्याएका हौं,’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले अनलाइनखबरलाई भने ।
नयाँ बर्षको अवसर पारेर शुरु गरिएको सिद्धार्थ वार्डले ग्राण्डी अस्पतालको विश्वस्तरको उपचार सेवालाई बहुसंख्यक नेपालीको पहुँचमा पुर्या उने अपेक्षा गरिएको उनले बताए ।
‘शुल्क सस्तो हुनुको अर्थ सेवासुविधा कम हुनु होइन,’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले भन्नु भयो ।, ‘हामीले दिने अन्तराष्ट्रियस्तरको उपचार सेवामा कतै कम्प्रमाइज हुँदैन, तपाईं मिडियाहरुले पनि फलो गरेर हेर्न सक्नु हुन्छ ।’
कलाकार मदनकृष्ण श्रेष्ठले निम्न आर्थिक अवस्थाका विरामीहरुलाई लक्षित गरी सस्तो शुल्कको छुट्टै वार्ड सुरु भएकोमा खुसी व्यक्त गरे ।