बङ्गदलादेशमा आँधी, ३५ को मृत्यू

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २४, २०७१

ढाका, २३ चैत । बङ्गलादेशमा गतहप्ताको अन्त्यमा भीषण आँधी आएको छ । सो आँधीमा परी कम्तीमा पनि ३५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
राजधानी ढाकाबाट प्राप्त एक समाचारअनुसार गएको हप्ता आएको सो आँधीमा परी देशका विभिन्न भूभागमा कम्तीमा पनि ३५ जनाको ज्यान गएको बताइएको छ ।
अधिकारीहरुले देशको उत्तरपश्चिमी क्षेत्रमा आँधी आएको जनाएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा आएको सो आँधीका कारण हजारौँ घरमा क्षति पुगेको बताइएको छ ।
साथै खानेपानी, बिजुली एवम् अन्य आधारभूत विकासका संरचनामा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले वास्तविक क्षतिको विवरण नआएको र त्यसको खोजी भइरहेको जनाएका छन् ।
बङ्गलादेशको उत्तरी जिल्ला बोग्रामा सबैभन्दा बढी क्षति पुगेको छ । सो जिल्लामा मात्र १९ जनाको ज्यान गएको छ । त्यहाँका सयौँ घर क्षतिग्रस्त भएका छन् । क्षतिको सङ्कलनका लागि ठूलो सङ्ख्यामा उद्वारकर्मी खटिरहेका छन् । क्षतिको सबै विवरण आउन बाँकी नै रहेको र उद्वारकर्मीहरुले विवरणको खोजी जारी राखेको सरकारले जनाएको छ । रासस/एएफपी