३० दलले मसाल जुलुस निकाले

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

1

2

3

4धादिङबेसी चैत्र २३ गते । ३० दलिय मोर्चाले आज धादिङबेसीमा मसाल जुलुस निकालेको छ । सहमतिबाट संविधान बन्नु पर्ने पटक पटकको माग गर्दैआएकोले २४,२५ र २६ गते गरेको आम हड्तालको पूर्व सन्ध्यामा आज मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसलाई पुछारबजार चोकमा प्रहरीले अवरोध गरे पछि ३० दलिय मोर्चाका कार्यकर्ताले कोषसभा गरेका थिए । कोण सभामा बोल्दै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र मधेस विद्रोहलाई एमाले काँग्रेसले कुठारघात गरेकोले कडा संघर्षका कार्यक्रम गर्नु परेको बताउनु भएको थियो । उहाँले भोलि देखि ३ दिन हुने आम हड्तालमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।