महादेवबेसीमा काठको मुडाले थिचेर बालिकाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७१

धादिङ, २२ चैत । धादिङको महादेवबेसीमा काठको मुडाले थिचिएर एक बालिकाको मृत्यु भएको छ । बजारमा एक व्यापारीले थुपारेर राखेको काठको मुडा पल्टिँदा किचिएर स्थानीय ४ वर्षीया बालिका अप्सना मियाको मृत्यु भएको हो ।

काठको मुडाले किचिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई तत्काल नजिककैको स्थास्थ्य संस्थामा लगिएको थियो । तर, त्यसअघि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।