हङकङमा पुर्खा दिवस सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७१

unnamedहङकङ । पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रेल ५ तारिख हङकङमा गोर्खा सिमेट्री ट्राष्टकोको आयोजनमा बृहत नेपाली एवं विभिन्न मूलका मानिसहरुको सहभागितामा पुर्खा दिवस सम्पन्न भएको छ ।
विभिन्न विद्यालयका विधार्थीको उपस्थितिमा तिनका अभिभावक,प्रध्यानध्यापक,शिक्षक कर्मचारी, स्थानीय नेता, विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न विश्वविद्यालयका प्रोफेसर र विधार्थीहरु, लेखक, बुद्धिजिबी, भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो ।

बृटिश गोर्खा भूतपूर्व सैनिक संघका कार्यवाहक अध्यक्ष अशोक गुरुङ प्रमुख अतिथि, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ विशेष अतिथिको रुपमा उपस्थित थिए । यसवर्षदेखि हङकङ स्काउटको प्रतिनिधि पनि कार्यक्रममा उपस्थिति हुनुभएको थियो ।

हङकङमा पुर्खा दिवस गोर्खालीहरुको समाधिस्थल रहेको सान तिन गोर्खा सेमेइट्रीमा हरेक वर्ष पुर्खाहरुको योगदानलाई कदर गर्दै पुर्खादिवस यहाँका नेपालीहरुले मनाउँदै आएका हुन् ।

गोर्खा सिमेट्रज ट्रष्टले पुर्खादिवसलाई विश्वपुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ । ट्रष्टकाअनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबद्र्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ ।

हङकङमा सम्पन्न भएको पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, सीएमए माध्यमिक विद्यालय, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया ब्रोड वे, म्याडम लाउ काउ माध्यमिक विद्यालयका नेपाली विधार्थीहरुले सहभागिता जनाएका थिए ।