बैशाख १ बाट विप्लप माओवादीको जनकारबाही सुरु गर्ने

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७१

biplapधादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीले ‘मास एक्सन’ (सामूहिक कार्वाही)को तयारी गरेको छ। माओवादीले ‘दलाल,तस्कर,भूमाफिया र भ्रष्टचारीुको सूची तयार पारी उनीहरुलाई सामूहिक रुपमा कारबाही गर्ने योजना बनाएको हो ।
सो पार्टीको केन्द्रीय समितिको चैत १५ देखि १७ गतेसम्म धरानमा भएको बैठकले नयाँ वर्षको आगमनसँगै ‘मास एक्सन’ सुरु गर्ने निर्णय गरेको हो ।
पार्टीका मध्य ब्युरो इन्चाज इश्वरी दाहालका अनुसार लगानी बोर्डका प्रमुख राधेश पन्तमाथिको कारबाहि मास एक्सनको सुरुवाती भएको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।