रेडक्रस धादिङको चुनाव सुरु को कस्को प्यानलबाट उठे

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १६, २०७१

biplabधादिङबेसी चैत्र १६ गते । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको चुनाव सुरु भएको छ । विहानै देखि समहतिकको लागि प्रयास गरिए पनि सहमति हुन नसकी दुई प्यानल बने पछि निर्वाचन गरिएको हो । ३ बजे बाट सुरु गरिएको निर्वाचन समय ४ बजे सम्मलाई तोकिएको छ । निवर्तमान अध्यक्ष ईश्वरी अधिकारीको प्यानललाई जिताउन नेपाली काँग्रस, एमाले र वैद्य माओवादीले सघाएका छन् भने सिताराम कोईराला प्यानललाई एमाओवादी धादिङले सहयोग गरेको देखिन्छ ।
आईतबार धादिङबेसीमा उद्घाटन गरिएको २८ औं वार्षिक साधारणसभा तथा १० औं जिल्ला अधिबेशनबाट निवर्तमान अध्यक्ष इश्वरी अधिकारी र मन्त्री सिताराम कोईराला बीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ । आफूले सहमतिबाटै सभापति लगायतको कार्य विभाजन गर्न लागि परेको तर सहमति भएन त्यसैले चुनावबाट भए पनि आफु सभापति बन्ने सभापतिका दुबै दावेदारहरु दावी गर्छन् । मतगणना साँझ ५ बजेबाट सुरु गरिने निर्वाचन मण्डलले जानकारी दिएको छ । धादिङको २६ गाविसमा गठन गरिएको उपशाखाबाट आएका १५६ जनाले मतताधिकार प्रयोग गर्न पाउने छन् ।