चुनाव नै हुने भो रेडक्रस धादिङको को को लड्दै छन् सभापतिमा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १५, २०७१

Untitled-1 copyधादिङबेसी चैत्र १६ गते । रेडक्रस धादिङ शाखाको अधिवेशन जारी छ नयाँ कार्यसमिति सहमतिबाट बनाउने गृहकार्य असफल भएको छ । सभापतिमा नि वर्तमान सभापति ईश्वरी अधिकारी र मन्त्री सिताराम कोईरालाले उम्मेद्वारी दिने भए पछि सहमतिको नबनेको हो ।
आईतबार धादिङबेसीमा उद्घाटन गरिएको २८ औं वार्षिक साधारणसभा तथा १० औं जिल्ला अधिबेशनबाट निवर्तमान अध्यक्ष इश्वरी अधिकारी र मन्त्री सिताराम कोईराला बीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ । आफूले सहमतिबाटै सभापति लगायतको कार्य विभाजन गर्न लागि परेको तर सहमति भएन त्यसैले चुनावबाट भए पनि आफु सभापति बन्ने सभापतिका दुबै दावेदारहरु दावी गर्छन् ।
बिचार गत हिसावले बैद्य निकट मानिएका ईश्वरी अधिकारी काँग्रस र एमाले निकट सदस्यको मत प्राप्त गरी चुनाव जित्ने दाउमा हुनु हुन्छ भने अर्का सभापतिका दावेदार कोईराला एमाओवादी निकट सदस्यहरुको मतले सभापित बन्नेमा ढुक्क छन् ।
धादिङको २६ गाविसमा गठन गरिएको उपशाखाबाट आएका १५६ जनाले मतताधिकार प्रयोग गर्न पाउने छन् ।