गोपाल फ्युबा तामाङ,
धादिङ चैत्र १५ गते । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसको सेम र जोङ दुई तामाङ शब्दहरू मिलेर यस ठाउँको नाम रहन गएको हो । सेमको अर्थ मन र जोङको अर्थ डाडा हुन्छ । सेम्जोङको अर्थ मनको डाडा हुन जान्छ । यहाँ तामाङ जातिको घना बस्ति रहेको छ । केही घर भने दलितहरूको छ ।
तामाङ भएर पनि राज्यको विभेदको कारण भर्ती जान थर ढाँटेका गुरूङ तथा घलेहरू पनि रहेका छन् । ३५ वर्षसम्म गाउँको प्रधान भएका मानबहादुर तामाङका अनुसार मार्पाकसँग छुट्याएर सोम्जोङ गाविस नामकरण गरिएको हो ।
जस्को लागि शान्ति र सद्भावको लागि राजा महेन्द्रको दूतकोरुपमा चिनिएका वडाहाकिम बमबहादुर तामाङको ठूलो हात रहेको पाइन्छ । धादिङ जिल्लाको एक सुरम्य ऐतिहासिक स्थान मध्य एक सेम्जोङ गाविस पनि हो । यसलाई पहाडकी रानी दार्जिलिङसँग तुलना गरिएको पाइन्छ । तामाङ वाइवा राजाको दरबार डप्साङजोङ रहेकोले यो गाविस जिल्लाकै महत्वपूर्ण स्थानको रूपमा चित्रित गर्न सकिन्छ ।
वाक रह, जोङ्दली, अष्ट चैत्य लगायतका पर्यटकीय आकर्षणका स्थानहरु छन् । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनितिक र ऐतिहासिक कारणले मात्र चिनिएको यो गाविसको पहिचान कलाकारको गाउँ समेत भनेर चिनिनु आवश्यक छ । सेम्जोङ गाविस वडा नं ३ मा जन्मनु भएका लेक योञ्जनले २०४५ सालमा रेडियो नेपाल गई म्हेन्दोमाया गीत रेकर्ड गराएदेखि कलाकारिताले यहाँ जग बसालेको हो ।
त्यस पश्चात २०५४ सालमा सेमजोङ ५ का हेम वाइवाले म्हेन्दोमाया युवा समाज मार्फत पश्चिमी तामाङ गीत सङ्गीत म्हेन्दोमायामा पुर्नजागरण ल्याइदियो । पश्चिमी तामाङ गीत सङ्गीतको फाँटमा सेम्जोङ कै १३ जना गायक गायिकाहरूले उपस्थिती जनाइ सकेका छन् । ती मध्ये एक रामकुमार गोम्जा बाहेक सबै तामाङ म्हेन्दोमाया गीत सङ्गीतमा नै लागेका छन् । धेरै कलाकारहरू (गायक गायिका) सोखको रूपमा मात्र यस क्षेत्रमा लागेकाले व्यवसायिक भने हुन सकेको छैन ।
ब्यबहारिक कठिनाइको बाबजुत पनि तामाङ गीत सङ्गीतको सिर्जनामा लाग्नु असल कर्म हो । थोरै तामाङ गायक गायिका मध्येमा पनि दर्जनभन्दा बढी सेम्जोङ गाविसको नै हुनु संयोग नै हो । सेम्जोङका तामाङ कलाकारहरू क्रस नामथर ठेगाना
१ लेक योञ्जन सेम्जोङ ३
२ सृजना वाइवा सेम्जोङ ५
३ हेम वाइवा सेम्जोङ ५
४ रामकुमार गोम्जा सेम्जोङ ९
५ विक्रम जी. लामा सेम्जोङ ४
६ चिनु गलदेन सेम्जोङ ५
७ भ्ुापिन गल्देन सेम्जोङ ८
८ कुस्मा वाइवा सेम्जोङ ८
९ राजु वाइवा सेम्जोङ ९
१० डोल्मा मम्बा सेम्जोङ ३
११ रामकृस्ण वाइवा सेम्जोङ ५
१२ आशा गल्देन सेम्जोङ ५
१३ लोप्सङ वाइवा सेम्जोङ ५
स्थलगत सर्वेक्षण २०७१