त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १२, २०७१

waधादिङबेसी चैत्र १२ गते । जिल्ला जनश्वास्थ कार्यालय धादिङले जिल्लाका विभिन्न गाउँ विकास समितिलाई मध्यनजर गरी त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले एकीकृत जनस्वासथ्य अभियान अन्तर्गत स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले बुधबार धादिङवेसीमा आयोजना गरेको सरोकारबालाहरुको बैठकबाट पाँच चरणसम्म अभियान गरी त्रिपुरेश्वर उपस्वास्थ्य चौकीमा त्रिपुरेश्वर, गुम्दी, ज्यामरुङ, सल्यानकोट, फुलखर्क, मार्पाक लगायतका गाविसलाई समेट्ने गरि शिविर संचालन गर्ने निर्णय समेत गरेको छ ।
जिल्लामा स्वास्थ्य क्षेत्रको पहुँच नपुगेका क्षेत्रहरुलाई मध्यनजर गरी उत्तरी क्षेत्रका विकट गाउँ विकास समितिहरुलाई मध्यनजर गरी शिविर संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लेले बताउनुभयो । कार्यालयले संचालन गर्ने अभियान अन्तरर्गत चार चरणको अभियान पूरा गरी बैशाख १० गतेदेखी १२ गतेसम्म स्वास्थ्य शिविर संचालन हुनेछ । शिविरमा आँखारोग हाडजोर्नी, छालारोग, प्रसुती तथा यौनरोग, लगायत सबै प्रकारका रोगहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिने बताईएको छ ।