सुत्केरीले अचेन उमावि खहरे केन्द्रमा एसएलसी दिदै

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १०, २०७१

धादिङबेसी चैत्र १० गते । मञ्जुश्री मावि ज्यामरुङकी छात्रा रचना विष्ट सुत्केरी अवस्थामा नै परिक्षा दिई रहेकी छिन् । १ दिने नावलक बच्चा सहित कुनै सहयोगि बिनै विष्टले अचेन उमावि खहरे केन्द्रमा परिक्षा दिईरहेकी छिन् ।
धादिङबाट नियमित तर्फ ५ हजार ८ सय ६२ जना र एक्जाम्टेड तर्फबाट १ हजार १ सय २९ जना परीक्षामा सहभागी हुनुपर्नेमा दुवैतर्फ गरी परीक्षाको जिल्लाभरबाट कुल १९२ जना परीक्षामा सहभागि नभएको जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ ।