थोपलखोलामा पौडि खेल्ने क्रममा डुबेर एकको मृत्यू ।।

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ७, २०७१

चैत्र ७ गते धादिङवेसी । नीलकण्ठ नगरापालिका वडा नं. ३ जरेबगरका पवन अधिकारीको पौडि खेल्ने क्रममा मृत्यू भएको छ ।
???????????????????????????????

धादिङ बोर्डिङमा कक्षा ९ मा अध्ययनरत पवन आज दिउसो पौडि खेल्ने क्रममा थोपलखोलाको गैरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दिउसो २ बजेतिर एक युवक डुबेको थाहा पाएपछि हेर्न पुग्दा आफ्नो भतिजो रहेको थाहा पाएको र शव जिल्ला अस्पतालमा राखिएको मृतकका ठूलोबुबा श्रीकृष्ण अधिकारीले बताउनुभयो । पौडि खेल्ने क्रममा डुबेर मृत्यू भएका अधिकारी धादिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । पौडि खेल्ने उनी सार्थीहरुसंग गए नगएको बारे भने खुलेको छैन ।

थप जानकारीको लागि धादिङपोष्ट डटकम हेर्दे गर्नुहोला ।