विद्यालयमा क्षेयरोग निवारण सम्बन्धी कार्यक्रम गरियो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २५, २०७१

indexधादिङ फागुन २५ गते । सेमजोङ गाउँ विकास समिति स्थित चौतारा माध्यमिक विद्यालयमा १ दिने क्षयरोग निवारण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था धादिङको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय महिला स्वयम्सेविका तथा आमा समूहलाई क्षयरोग निवारण सम्बन्धी सहजिकरण गरिएको हो ।
नेपाल क्षयरोग निवारण संस्था धादिङका सभापति नारायणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा सेम्जोङ हेल्थपोष्टका इन्चार्ज भुपेन्द्र कुमार श्रेष्ठले क्षयरोग के हो र यसवाट कसरी बच्ने भन्ने बारे सहजिकरण गर्नुभएको थियो । चौतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा संस्थाका सदस्य बलबहादुर तामाङले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय २४ जनाको सहभागिता रहेको थियो ।