एमाले निकट अखिलको अध्यक्षमा पुन: राना क्षेत्रि विजयी

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७१

santoshनलाङ फागुन २४ गते । एमाले निकट अनेरास्ववियू धादिङको अध्यक्षमा पुन सन्तोष राना क्षेत्री निर्वाचित हुनु भएको छ ।
शुक्रवार धादिङको नलाङ गाउँ विकास समिति स्थित सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा भएको २३ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुमा उपाध्याक्षमा सुविर विसुराल, सचिवमा दोलख गुरुङ, सह–सचिवहरुमा विवेक अर्याल, भुवन श्रेष्ठ, सुमित्रा राना मगर र कोषाध्याक्षमा रक्तिम राना मगरलाई सहित २५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।