ईरानसँगको आणबिक सम्झौता घातक हुनसक्ने चेतावनी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

एजेन्सी फागुन २० गते । ईजरायली प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुले ईरानसँग गर्न लागिएको आणबिक कार्यक्रम सम्बन्धीे सम्झौता घातक हुनसक्ने चेतावनी दिनुभएको छ । अमेरिकी सिनेटमा आफ्नो मन्तव्य दिँदै न्यातान्याहुले ईरान, सम्पूर्ण विश्वका सधै खतराको विषय भईरहने दाबी गर्नुभयो । ईरानको आणविक कार्यक्रमका विषयमा मार्चको अन्तिमतिर सम्झौता हुने बताइएको छ । ईजरायलमा दुई सातापछि हुने चुनावमा न्यातान्याहुको परीक्षा हुने टिप्पणी भईरहँदा उहाँले ईरानको आणविक कार्यक्रमबिरुद्ध अमेरिकी ओबामा प्रशासन भन्दा कडा अभिव्यक्ति दिनुभएको हो । ओबामा प्रशाशनले नरम निति अबलम्बन गर्न लागेकोमा न्यातान्याहु आक्रोषित हुनुभएको छ । अमेरिकी डेमोक्राट पार्टि र ओबामा प्रशाशनले भने न्यातान्याहुको अमेरिका भ्रमण र कंग्रेसमा भएको भाषणप्रति असन्तुष्टी जनाएको छ । ओबामा प्रशासनले ईजरायली प्रधानमन्त्रीको मन्तव्यमा ईरानको आणविक कार्यक्रमबारे कुनै नयाँ प्रस्तावसमेत नआएको टिप्पणी गरेको छ ।