हाँस्य टेलिश्रृखंला भद्रगोल बन्द

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

Bhadragol-300x219धादिङ । शुक्रबार भद्रगोल हेर्न टेलिभिजन स्किृन अगाडी नेपाल टेलिभिजन खोलेर बसेका भद्रगोलका दर्शकहरुले भद्रगोल हेर्न पाएनन् ।
पछिल्लो समय नेपाली जनसमुदायमा राम्रो रुचाईएको टेलिफिल्म भद्रगोल केहि समय पहिला पनि रोकिएको थियो । तर अहिले रोकिनुमा वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि प्रसारण बन्द भएको हो। नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका भद्रगेल मात्र नभई ‘जिरे खुर्सानी’समेत प्रभावित भएको छ। यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्। अब भद्रगोल कहिलेबाट सुचारु होला अन्यौल छ ।