प्रकाश माध्यमिक विद्यालयकोे ५८ औं वार्षिक उत्सव १० दिन मनाईने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

khalteधादिङ । खाल्टे गाउँ विकास समिति वडा नं. ९ काउलेमा रहेको प्रकाश माध्यमिक विद्यालयले ५८ औं वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।
विद्यालयको ५८ औं स्थापना दिवसको अवसर पारेर विद्यालयले औपचारिक कार्यक्रम गरी खुल्ला भलिवल प्रतियोगि सुरु गरेको हो । १० दिनसम्म विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाउने तयारी गरिएको प्रकाश माध्यमिक विद्यालयका शिक्षक विष्णुप्रसाद सेढाईले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । वार्षिक उत्सव कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, विभिन्न क्लवका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको पहिलो दिन प्रकाश माध्यमिक विद्यालय मावि खाल्टे ए ले मेन्दोफोले युवा क्लव खाल्टे ए लाई हराएको छ ।
त्यसैगरी चमेरेगुफा संरक्षण समाज खाल्टेले विन्दुकेशर उच्च मावि नुवाँकोटलाई र सरस्वती उमावि धुवाकोटले पिपलडाँडा उच्च माध्यमिक विद्यालय नुवाँकोटलाई हराएको छ । त्यसैगरी मेन्दोफोले युवा क्लव खाल्टे वी ले जलपदेवी युवा क्लव नुवाँकोट ए लाई र प्रकाश माध्यमिक विद्यालय ए ले प्रकाश माध्यमिक विद्यालय वि लाई पराजित गरेको छ । विद्यालयको वर्षिक उत्सव १० दिनसम्म चल्ने र विभिन्न खेलकुद प्रतियोगिता सहित विद्यालयको अतिरिक्त क्रियाकलापहरु पनि सम्पन्न गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । वाषर््िक उत्सवको अवसरमा चकलेट दौड, डज बल प्रतियोगिता, फुटवल प्रतियोगिता लगायतको प्रतियोगिता सकेर १३ गते समापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।