किराञ्चोकमा जम्मा ४४ ले मात्र मतदातानामावलीमा नाम दर्ता गराए

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ११, २०७१

धादिङ । किरान्चोक गाउँ विकास समिति मा फागुन ९ र १० गते भएको फोटोसहितको मतदातानामावलीमा ४४ जनाले फोटोसहितको मतदातानामावलीमा नाम दर्ता गराएका छन् ।
२ दिनसम्म जिल्ला निर्वाचन कार्यालय धादिङले गरेको संकल कार्यमा ४४ जनाको नामावली संकलन तथा गलत नामावली दर्ता भएको नागरिकको सच्याउँने कार्यसमेत गरिएको थियो । २०७० को संबिधानसभा निर्बाचनमा फोटोसहितको नामावली नभएर मतदान गर्नबाट बञ्चित भएको ब्याक्तिहरुको संख्या किरान्चोक गाबिसमा सात सयको हाराहारीमा भएतापनि छुटपुट नागरिकको नामावली संकलन गर्ने क्रममा ज्यदै न्यून नागरिकको उपस्थिति भएकोमा नागरिकहरुमा मतदान प्रतिको रुचिमा कमी आएको अनुमान गरिएको छ ।