धादिङबेसीमा जारी राष्ट्रपति रनिङशिलन प्रतियोगिता सकियो

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ९, २०७१

satyaotiधादिङबेसी । चौथो रााष्टपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत धादिङवेसीमा २ नम्बर क्षेत्र स्तरीय छनौट प्रतियोगिता धादिङवेसीमा सम्पन्न भएको छ ।
स्वस्थ्यका लागी खेलकुद, रााष्ट्रका लागी खेलकुद, भन्ने मुल नाराका साथ धादिङ जिल्ला निर्वाचन क्षेत्र नं २ स्तरिय अन्तर माध्यामिक विद्यालय खेलकुद प्रतियोगिताको धादिङ बोर्डिङ आवासीय उच्च माध्यमिक विद्यालयले आयोजना गरेको होे ।
जिल्ला खेलकुद विकास समितिका कोषध्यक्ष एवम् २ नम्बर क्षेत्रिय समितिका सयोंजक अमृत तामाङको सभापतित्व सुरु गरिएको कार्यक्रम बिहीबारदेखी धादिङवेसी स्थित खुल्ला मञ्चमा संचालन गरिएको थियो ।
प्रतियोगितामा २८ विधामा खेलाइएको खेल मध्येमा १४ विधामा विजयी हुँदै ३०७ अंक सहित सत्यवती उच्च माध्यमिक विद्यालय आदमटार प्रथम भएको छ । त्यसैगरी चिल्ड्रेनपार्क आवासीय उच्च माध्यमिक विद्यालय ११७ अंक सहित दास्रो र नीलकण्ठ ११० अंक सहित तेस्रो र धादिङ वोर्डिङ स्कुल ५३ अक ल्याइ चौथो भएको छ । क्षेत्र नं. २ का १४ विद्यालयले भाग लिएको छनौट प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारी, नेपाली काँग्रेस धादिङका सचिव भक्त लामा, जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी हरि पाटा मगर, सवुज गण ग गुल्मका गुल्मपति लालबहादुर गुरुङ रेडियो बिहानीका स्टेशन म्यानेजर नेतावाती मिडिया प्रालिका प्रमुख केशव अधिकारी, जिल्ला खेलकुद विकास समितिका सचिव कृष्णलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
तीन दिनसम्म चलेको प्रतियोगिता जिल्लाको सान मान र गौरवको विषय भएको आयोजक धादिङ आवासीय उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल हरि लम्सालले बताउनुभयो । प्रतियोगिताको अन्तिम दिन छात्र तर्फको भलिबलमा सत्यवती उमावि आदमटारले र नीलकण्ठ उमावि धादिङवेसीलाई पछाडि पार्दै प्रथम भएको थियो ।