काठमाडौ । अन्तरराष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७१ आयोजना गरेको छ ।
प्रतिष्ठानको सभाकक्षमा आज भएको महोत्सवमा बिभिन्न ४६ भाषाका कविहरुले ४९ ओटा कविता बाचन गरेका थिए । अवधी, उर्दु, उराँव,किसान, कुमाल, कुलुङ लगायतका ४६ भाषाका कविता महोत्सवमा सुनाइएको थियो । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले नेपालमा प्रचलनमा रहेका भाषाको संरक्षणका लागि राज्यले उचित कदम चाल्न नसकेको बताउनुभयो ।
संस्कृतिमन्त्री दीपकचन्द्र अमात्यले भाषाभाषी र जातजातिको विकासका लागि कविता महोत्सवले सहयोग पु¥याउने बताउनुभो । महोत्सवमा कविता बाचन गर्ने कविहरुलाई प्रतिष्ठानले प्रमाणपत्र प्रदान गरेको थियो ।