राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता छनौट खेल अन्तरगत क्षेत्र २ को फाईनल आज

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ९, २०७१

bbbधादिङबेसी फागुन ९ गते । चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत धादिङवेसीमा २ नम्बर क्षेत्र स्तरीय छनौट प्रतियोगिताको फाईनल खेल आज हुँदै ।
स्वस्थ्यका लागी खेलकुद, रााष्ट्रका लागी खेलकुद, भन्ने मुल नाराका साथ धादिङ जिल्ला निर्वाचन क्षेत्र नं २ स्तरिय अन्तर माध्यामिक विद्यालय खेलकुद प्रतियोगिताको फाईनल खेलमा सत्यावती उमावि आदमटार र नीलकण्ठ उमावि धादिङबेसी प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका कोषध्यक्ष एवम् २ नम्बर क्षेत्रिय समितिका सयोंजक अमृत तामाङको सभापतित्व सुरु गरिएको कार्यक्रमको पहिलो दिन भएको प्रगियोगितामा १५ सय मिटरको दौडमा निलकण्ठ उच्च माविका राजु गुरुङ प्रथम, सत्यवति उमाविका रविन अधिकारी दोस्रो, र महेन्द्र उमाविका शिव नेपाल तृतिय हुनुभएको थियो । त्यसैगरी छात्रातर्फ छात्राहरुमा, सत्यवति उमाविका गोमा पुलामी प्रथम, सुनगाभा एकेडेमीका सविना रिजाल दोस्रो, र सुनगाभा एकेडेमीकै आकृति ढकाल तेस्रो र १०० मिटरको दौड प्रतियोगितामा निलकण्ठ उमाविका विजय तामाङ प्रथम, चिल्ड्रेनपार्क उमाविका रवि तामाङ दोस्रो, धादिङ बोर्डिङका राम तामाङ तेस्रो हुनुभएको थियो । छात्राहरुमा, सत्यवति उमाविका दुर्गा परियार प्रथम, सत्यवति उमाविकै प्रमिला आचर्य दोस्रो, चिल्ड्रेनपार्क उमाविका झरना श्रेष्ठ तेस्रो हुनुभएको थियो ।
त्यस्तै लङजम्प तर्फ छात्रहरुमा निलकण्ठ उमाविका विजय तामाङ प्रथम, सुनगाभा एकेडेमिका सागर गौतम दोस्रो, सत्यवति उमाविका दिपेन्द्र अधिकारीले तेस्रो स्थान हसिल गर्नुभएको थियो । छात्रा तर्फ सत्यवति उमाविका गोमा पुलामी प्रथम, सत्यवति उमाविकै सविता बयलकोटी दोस्रो र सुनगाभा एकेडेमीका सुमित्र रिजालले तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
प्रगियोगिताको दोस्रो दिन आज ५ सय मिटरको दौड, ४ सय मिटर दौड, रिले दौड, त्रिपल जम्प, ज्यावलिङ थ्रो, हाइजम्प र भलिवल प्रगियोगिताको सेमी फाइनल प्रतियोगिता सम्पन्न भएको धादिङ आवासीय उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल हरि लम्सालले बताउनुभयो ।