राष्ट्रपति रनिङ शिल्डको क्षेत्रिय खेल सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १, २०७१

धादिङ । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत धादिङ निर्वाचन क्षेत्र ३ अन्तर्गतको बागेश्वरी उमावि रिचोकटारमा ३ नम्बर निर्वाचन क्षेत्र स्तरिय खेलकुद प्रतियोगिता सरु गरेको छ ।
आज सुरु भएको प्रतियोगितामा जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । तीन दिनसम्म संचालन हुने प्रतियोगिता भलिवल तथा एथ्लेटिक्स तर्फको खेल हुने आयोजकले जानकारी दिएको छ ।