धुवाँकोटमा कृषि सीप विकास तालिम सुरु

Avatar photo
Dhadingpost
बिहिबार, माघ २९, २०७१

धुवाँकोट । धुवाँकोट गाउँ विकास समिति वडा नंं ७ मा ५ दिने कृषि सीप विकास तथा क्षमता विकास तालिम सुरु भएको छ ।
जिल्ला कृषि विका कार्यालय धादिङको प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालय धादिङको आर्थिक सहयोग र धुवाँकोट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा बुधबारदेखि धुवाँकोट गाउँ विकास समिति वडा नंं ७ स्थित भंगेरीस्थानमा तालिम सुरु गरिएको हो ।
धुवाँकोट सामूदायिक अध्ययन केन्द्रका अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा सुरु गरिएको तालिममा नेकपा एमाले धुवाँकोटका अध्यक्ष शिवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सरस्वती उमावि धुवाँकोटका प्रधानाध्यापक लक्षमणकुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । तालिममा प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला तामाङ लगायत विविध संघ संस्थाका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो । धुवाँकोट सामूदायिक अध्ययन केन्द्रद्धारा गठित तीनवटा आयआर्जन समूहका २७ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन आज आलुखेती, धानखेती प्रविधिको बारेमा कृषि प्राविधिक छविलाल गुरुङ र तुलसा न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।