रुखबाट लडेर झार्लाङमा एकको मृत्यू

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७१

झर्लाङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने झर्लाङ गाउ विकास समिति वडा नं. २ का ६५ वर्षिय झोम्जा लामाको रुखबाट लडेर निधन भएको छ । हिजो साँझ करिब ५ बजेतिर रुखमा स्याउला काट्न लागेका झोम्जा लामा रुखको हाँगो भाँचिएर लडेपछि गम्भीर घाईते भएका थिए । घाईते लामाको उपचार गर्न लैजाँने क्रममा मृत्यू भएको स्थानीय सन्दिप स्याङ्चेनले जानकारी दिनुभयो ।