सरकारले भाडा घटायो तर व्यावसायीले गरे अटेर

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७१

काठमाडौ । सरकारले सार्वजानिक सवारीको भाडा घटाएपनि ब्यवसायीहरुले भने काठमण्डौं लगायत केहि जिल्लामा लागु गर्न अटेर गरका छन् ।
न्युनतम ४ किलोमिटरको दुरीमा यसअघि भन्दा १ रुपैयाँ घट्ने सरकारले भने पनि ब्यवसायीहरुले पैसामा घटेको भाडा घटाउन समस्या हुने बताएका छन् । यातायात ब्यवस्था विभागले २ दशमलब ३ प्रतिसत भाडा घटेको भने पनि २८ पैसा मात्रै हुने यातायत ब्यवासायी महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।
सरकारले १ रुपैयाँ भनेर बाहिर आएको विषयमा अफुहरुलाई जानकारी नभएको भन्दै उहाँले विभागले पठाएको पत्रको आधारमा भाडादर लागु तयार रहेको बताउनु भयो ।