नेपाल–भारत संयुक्त सुरक्षा बैठक जारी

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७१

nepal bharatकाठमाडौं । नेपाल–भारत संयुक्त सुरक्षा बैठक आज पनि जारी रहने भएको छ । हिजो बिहानदेखि पोखरामा शुरु भएको बैठकमा आज पनि विभिन्न विषयमा छलफल हुनेछ । बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गर्नुभएको छ भने भारतबाट सहभागी टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गर्नुभएको छ । बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहनु भएका ढकालले सीआईएनलाई जानकारी दिनुभयो । बैठकमा हिजो नेपालले दशगजा छेउको सडक र मानव तस्करी रोक्न भारतसँग औपचारिक आग्रह गरेको थियो ।