साझेदारीमा संचालित आधारशिला तालिम सकियो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २७, २०७१

धादिङ । नीलकण्ठले नगरपालिका वडा नम्बर १० र ज्यामरुङ गाउँ विकास समिति वडा नं. ८मा गठित भीमेश्वर महादेव महिला समूह र कन्यादेवी महिला समूहका लागि ४ दिने आधारशिला तालिम सोमबार सकिएको छ ।
तालिममा भिमेश्वर महिला समुह र कन्यादेवी महिला समुहका ३५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
हेफर इन्टरनेशनल नेपाल, एक्सन नेपाल धादिङ र साविकको मुरलीभञ्ज्याङ गाविसको संयुक्त साँझेदारीमा सञ्चालित साना किसान उद्यमी सवलीकरण परियोजना अन्तर्गत भोकालाई एक छाक भोजन होइन जीउने जुक्ति सिकाउ भन्ने उद्देश्यले तलिमको आयोजना गरेको थियोे ।
तालिममा नेता, नेतृत्व शैली, पशु तथा स्रोतको उचित व्यवस्थापन लगायतका हफेरका १२ ओटा आधारशीलाका विषयमा जानकारी गराईएको सुवास खतिवडाले बताउनुभयो ।
चार दिनसम्म संचालित तालिममा परियोजना संयोजक शान्तबहादुर भट्टराईले, प्राविधिक संयोजक सुवास खतिवडा र सामूदायिक सहजकर्ता फत्तकुमारी श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।