सत्तापक्षसँग वर्तामा नबस्ने विपक्षी मोर्चाको निर्णय

Avatar photo
Dhadingpost
सोमवार, माघ २६, २०७१

काठमाडौं । एकिकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले अहिलेकै अवस्थामा वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको बक्तव्यले संविधान निर्माणका लागि सत्तारुढ दलले विश्वसनीय वातावरण तयार गर्न नसकेको भन्दै ३० दलले वार्तामा नजाने निर्णय गरेको हो ।
आज विहान एकिकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले वार्ताका लागि सहमतिमा संविधान नारी गर्ने र प्रक्रिया रोक्ने प्रतिवद्धता सहितको नयाँ वक्तव्य माग गरेको छ ।
सहमतिमा संविधान निर्माणको प्रतिबद्धता सरकारबाट नआएसम्म आफूहरुको आन्दोलन जारी रहने मोर्चाले जनाएको छ । एमाले र कांग्रेसले हठपूर्वक संविधानसभालाई बहुमतिय प्रक्रियामा धकेलेका कारण आन्दोलनको विकल्प नभएको ३० दलीय मोर्चाको विज्ञप्तीमा उल्लेख छ । १२ बुँदे सम्झौता अनुसार सहमतिको आधारमा संविधान निर्माणमा जानुपर्ने अडान मोर्चाले दोहोर्याएको छ । विज्ञप्तीमा सत्तारुढ दलले स्पष्ट, सार्थक र परिणाममूखि वार्ताको लागि विश्वसनीय वातावरण तयार गरी गर्नसमेत आग्रह गरिएको छ ।