४ सय घरधुरीको गोरु ५ महिना जंगलमै राखिने

Avatar photo
Dhadingpost
सोमवार, माघ २६, २०७१

झार्लाङ । उत्तरी धादिङको विकट गाउँ विकास समितिहरु झार्लाङ, सेर्तुङ र तिप्लिङमा गोठ सार्ने मेला तथा गोरु जुधाई कार्यक्रम सम्पन्न भएको छ । जोरु जुधाई कार्यक्रममा २६ हल गोरु जुधाईएको थियो भने । ४०० घरधुरीले १२ महिनामा ५ महिना जंगलमै गोरु राख्ने चलन गर्दै आएका छन् ।
हिउँदमा ३ महिना र वर्षा समयमा २ महिना ति गाउँ विकास समितिहरुको मुख्य चरन तथा खर्कहरुमा आज गोज सार्ने कार्यक्रम सम्पन्न गरिएको झार्लाङ २ का स्यामचेन तामाङले बताउनुभयो । सोे अवसर पारेर वर्षमा १ चोटी खुल्ला गर्ने निगालो कटाई कार्याक्रम पनि खुलाउने गरिएको छ ।
यसरी काटिएको निगालोबाट घरेलु उद्योग संचालन गर्न मद्धत पुगेको स्थानीय वासिन्दाहरुको भनाई छ । निगालोबाट तयार गरिएका घरेलु सामानहरु डोको, डालो, मान्द्रो, भकारी जस्ता सामानहरु बनाएर प्रयोगमा ल्याउने गरिएको र त्यसबाट गरिएको आय आर्जनले स्थानीयहरुको जिविकोपार्जनमा टेवा पुग्ने गरेको स्यामचेन तामाङले बताउनुभयो ।