ओबामा साउदी अरेबियाका लागि भारतबाट प्रस्थान

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १३, २०७१

नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति बाराक ओबामा मङ्गलबार भारतको तीन दिने भ्रमणपछि साउदी अरेबिया प्रस्थान गर्नुभएको छ । उहाँको यो भ्रमण विश्वका ठूला प्रजातन्त्रबीच सम्बन्ध सुधार गर्नेतर्फ केन्द्रित थियो ।

नयाँ दिल्ली सैनिक विमानस्थलबाट एयरफोर्स वन विमान प्रस्थान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा उहाँलाई विदाइ सन्देश दिँदै उहाँको यस भ्रमणले भारत तथा अमेरिकाबीच सम्बन्ध नयाँ तहमा पुगेको र यसले नयाँ अध्याय आरम्भ गरेको उल्लेख गर्नुभयो ।

अमेरिकी राष्ट्रपति ओबामाले पनि प्रधानमन्त्री मोदीलाई स्मरणीय भ्रमणका लागि तथा भारतीय जनतालाई उनीहरूले दिएको न्यानो स्वागतका लागि ट्विटरमा धन्यवाद दिनुभयो ।

राष्ट्रपति ओबामा अन्तिम दिन ताजमहलको भ्रमणमा जानुहुने कार्यक्रम तय भएको थियो । यो भ्रमण घटाइ उहाँ नयाँ साउदी नरेशप्रति सम्मान प्रकट गर्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।