एमाले खाल्टेको वर्डा भेला सकियो

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

umlमाघ ११ खाल्टे । धादिङको खाल्टे गाऊँ विकास समिती वडा नंबर ६ देऊराली गाऊँमा शनिबार नेकपा एमाले वडा कमिटीको भेला सम्पन्न भएको छ । खाल्टेका स्थानिय वृद्ध पुर्ण बहादुर थापा मगरको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
भेलाले नारायण बहादुर थापा मगरको अध्यक्षतामा १९ सदस्यिय नेकपा एमाले वडा कमिटीको नयाँ कार्य समिती चयन गरेको छ । त्यस्तै भेलाकै अवसरमा इङ बहादुर मगरको अध्यक्षतामा ५ सदस्यिय सल्लाहाकार समिती समेत गठन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले समर्थक, सुभचिन्तक लगायतको उपस्थिती रहेको नेकपा एमाले धादिङले जानकारी दियो ।