महिला समूहलाई चार दिने तालिम दिईयो

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

माघ १० धादिङबेसी । नीलकण्ठ नगरपालिका वडा नंं १० मा गठित महिला समूहका सदस्यहरुलाई चार दिने तालिम दिइएको छ ।
भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मूल मर्मका साथ हेफर इन्टरनेशनल नेपाल र एक्सन नेपाल धादिङ लगायतले संयुक्त रुपमा सानाकिसान उद्यमी सवलीकरण परियोजना अन्तर्गत तालिम दिइएको हो ।
तालिममा सिलाहरु उपहार प्रदान, बाँडिचुडी उपभोग र स्वायहार, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आय आर्जन लगायतको विषयबस्तुको बारेमा सहजिकरण गरिएको थियो ।
तालिममा एक्सन नेपाल धादिङका कार्यक्रम संयोजक सन्तबहादुर भट्टराई, प्राविधिक संयोजक सुवास खतिवडा, सामूदायिक सहजकर्ता फत्तकुमारी श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो ।