शिक्षक तामाङलाई विदाई गरियो

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

माघ १० झार्लाङ । धादिङ उत्तरी क्षेत्रमा पर्ने झार्लाङ गाउँ विकास समिति स्थित सिंगलादेवी माध्यमिक विद्यालयमा ५ वर्षदेखी अध्यापन गराउँदै आउनुभएका शिक्षक परशुराम तामाङलाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ ।
सिंगलादेवी माध्यमिक विद्यालयबाट दार्खा गाविस स्थित गणेशकुण्ड उच्च माध्यमिक विद्यालयमा सरुवा भएर आउनुभएका उहाँलाई विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकहरु, शिक्षक विद्यार्थीहरुले भव्य विदाई गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार सिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व गाविस अध्यक्ष रेशमबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा झार्लाङ माध्यमिक विद्यालयका बैजनाथ यादव लगायतको आतिथ्यता रहेको झार्लाङबाट सन्दिप स्याङ्तानले जानकारी दिनुभयो ।