कालिका माध्यमिक विद्यालयको अभिभावक भेला सकियो

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

माघ १० ढोला । ढोला गाउँ विकास समिति वडा नं. ७ मा रहेको कालिका माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भएको भेलाबाट स्थानीय युवा सुब्बा चर्माकार रम्तेललाई विद्यालय व्यवस्थापन सिमितिको अध्यक्षमा चयन गरेको छ
विद्यालय व्यस्थापन समितिका निवर्तमान अध्यक्ष ध्र्रुवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलामा विद्यालय निरिक्षक केदार ढकालको प्रमुख आतिथ्यता र स्रोेतव्यक्ति सुदर्शन भट्टको विशेष आतिथ्यता रहेको थियो । भेलामा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, शिक्षक अभिभावक तथा बुद्धिजीविहरुको समेत आतिथ्यता रहेको थियो ।
निकट भविश्यमा विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्ने योजना रहेकोले आफू त्यसतर्फै खटेर लाग्ने नव निर्वाचित अध्यक्ष रम्तेलले बताउनुभएको छ । विद्यालय जस्तो पवित्र पाठशालालाई व्यवसायीकतर्फ लैजान सबैको सहयोगको खाँचो रहेको बताउँदै अध्यक्ष रम्तेलले सरोकारवाला सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।