माओवादी सम्बद्ध मोर्चाले गर्यो कोण सभा

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ९, २०७१

rambahadur bhandariमाघ ९ धादिङबेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले केन्द्रिय कार्यक्रम अनुसार देशका ७५ वटै जिल्लामा कोण सभा सम्पन्न गरेको छ ।
एमाओवादी धादिङका अध्यक्ष रामबहादुृर भण्डारीको नेतृत्वमा रहेको धादिङका मोर्चा सम्वद्ध नेता कार्यकर्ताहरुले पनि विहिबार धादिङवेसी स्थित पुछारबजारमा कोणसभा गरी दलहरुको सहमति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । कोणसभामा एमाओवादी धादिङका अध्यक्ष समेत रहनुभएका भण्डारीले विपक्षी ३६ दल सम्वद्ध नेता कार्यकर्ताहरुलाई सम्बोधन गदै सबै दलहरुको सहमतिको आधारमा संविधान जारी गरिए मात्रै सबैलाई मान्य हुने बताउनुभयो ।
केन्द्रको कार्यक्रम अनुसार सहमतिको लागि आफुहरुले जिल्ला जिल्लामा कोण सभा गरेर दवाव दिएको उहाँको भनाई थियो । कोणसभामा बैद्य समूह नेकपा–माओवादी धादिङका सेक्रेटरी शम्भुकुमार श्रेष्ठले सत्तापक्षले बहुमतको घमण्ड देखाएर एकलौटी संविधान जारी गर्न खोजेकोले आफुहरु आन्दोलनमा जानुपरेको बतउनुभएको थियो । जनताले गरेको वर्षौ देखीको आत्मनिर्णयको अधिकार सहितको संविधान नपाए देश दुर्घटनातर्फ जाने बताउँनुहुँदै उहाँले सबैको सहमतिको आधारमा संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।