शिक्षक र विद्यार्थीको आपत्ती

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

माघ ८ किरान्चोक । किरान्चोक गाउँ विकास समिति वडा नं. ८ स्यामैडाँडामा रहेको पञ्चकन्या निमावि किरान्चोकका प्रधानाध्यापक रामजीबहादुर श्रेष्ठलाई स्थानीय एमाले काँग्रेस लगायत गैर अभिभावकहरु लगाएर जवरजस्त प्रधानाध्यापकबाट हटाउने निर्णय गराएको भन्दै अखिल नेपाल शिक्षक संगठन किरान्चोक र अखिल क्रान्तिकारी किरान्चोकले आपत्ति जनाएको छ ।
बुधबार एक संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले घटनाको भ्रत्सना गरेका हुन् । अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भएको कारण विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय पुस्तिका नियन्त्रणमा लिई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलाई जवजस्ति सहि गर्न लगाएको विज्ञप्तिमा जनाइएको छ ।
अखिल नेपाल शिक्षका किरान्चोकका सचिव हरिशरण तामाङ र अखिल क्रान्तिकारी किरान्चोकका अध्यक्ष उपेन्द्र जम्कटेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा संगठनमा लागेको आधारमा गैर अभिभावक र प्रत्यक्ष राजनीतिक दलका नेताको अगुवाईमा दुव्यवहार गरिएको दावी गरिएको छ । प्रधानाध्यापक रामजीवहादुर श्रेष्ठलाई विद्यालयमा फर्काउन समेत उनीहरुले विज्ञप्ति मार्फत माग गरेका छन् ।
आफुहरुको मागलाई वेवास्ता गरे त्यसको कडा प्रतिवाद गर्ने समेत आफूहरु तयार रहेको बताउँदै घटनामा संलग्नहरुलाई कार्वाहीको माग गर्दे सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।