हिजो सिठ्टी आज मसाल भोलि आम हड्ताल

Avatar photo
Dhadingpost
सोमवार, माघ ५, २०७१

sithiधादिङबेसी माघ ५ गते । सहमतिबाट जनपक्षिय संविधानको माग राख्दै एमाओवादी धादिङको नेतृत्वमा रहेको ३५ दलले केन्द्रमा गरेको घोषणा अनुसार आइतबार धादिङवेसीमा सिटी जुलुस प्रदर्शन गर्यो । यसैगगरी आज मसाल जुलुस र भोली आमहड्ताले गर्ने एमाओवादी सहित ३५ दलिय संघर्ष समितिले जनाएको छ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुलुकमा फेरि जनपक्षिय संविधान बन्न नदिने चलखेल बढ्दै गएकोले एमाओवादीको नेतृत्वमा ३५ दलले सांकेतिक आन्दोलन गरेको बताउनुभयो ।
धादिङवेसी सितलबजारबाट सुरु गरिएको सिटी जुलुस विचबजार हुँदै पुछारबजार चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपा एकीकृतका नेता शिबनिधी खनालले नेपाली जनताले विगत लामो समयदेखी गरेको अपेक्षा शान्ति र संविधानमा काँग्रेस एमालेले अवरोध गरेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । सहमति र संवादबाट संविधान गारी गर्न दवाव स्वरुप धादिङमा सिटी जुलुसको आयेजना गरिएको प्रसंग निकाल्नुहुँदै कोण सभामा एकीकृत माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले नेपाली जनताको मर्म र भावनालाई सम्बोधन गर्ने संविधान नआएसम्म आफूहरुले संघर्ष जारी राख्ने बताउनुभयो ।
सहमतिको आधारमा जनपक्षिय संविधान प्राप्ति गर्ने दवाव स्वरुप एमाओवादीको नेतृत्वमा ३५ दलले ६ गते नेपाल बन्दको कार्यक्रम समेत घोषणा गरको छ ।