ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, माघ ५, २०७१

धादिङबेसी माघ ५गते । आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा आज ६ वटा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका, विषयगत कार्यालयहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, महिला, आदिवासी÷जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, पत्रकारहरु लगायत आम विकास साझेदारहरुको सहभागितामा इलाका गोष्ठी सम्पन्न गरिएको हो ।
जिल्ला विकास योजना तर्जुमा कार्यक्रमका प्रक्रियामा इलाका गोष्ठीहरु सम्पन्न गरिएको जिल्ला विकास समितिको कार्यालयले जानकारी दिएको छ ।
आईतबार सम्पन्न भएको इलाकाहरुमा इलाका नं. ८, ९, १०, ११ १२ र १३ रहेका छन् ।
इलाका नं. ८ अन्तर्गत रहेका केवलपुर, कल्लेरी, गोगनपानी र निलकण्ठ नगरपालिकाका वडा नं. ५,६ र ७ को इलाका भेला केउरिनटारमा सम्पन्न भएको हो ।
त्यसैगरी इलाका नं. ९ अन्तर्गत रहेका कुम्पुर, नलाङ, सलाङ र मैदीको बुङचुङ र इलाका नं. १० अन्तर्गत रहेको नौविसे, छत्रेदेउराली र जीवनपुरको नौविसे गाविस कार्यालयमा गेष्ठी सम्पन्न गरिएको हो ।
त्यसैगरी इलाकाको गोष्ठी तसर्पु, इलाका नं. १२ को पिडा गाविस इलाका नं. १३ को इलाका गोष्ठी बेनिघाटमा सम्पन्न भएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ ।
जि बि स धादिङको आयोजनामा सम्पन्न भएको उक्त गोष्ठीमा गोष्ठिबाट आ.ब. २०७२÷०७३ को लागि इलाका स्तरिय योजना, गाबिस स्तरिय योजना र प्रत्येक गाबिसमा लक्षितबर्ग तर्फ, निर्बाचन क्षेत्र स्तरिय र बृहत योजनाहरु इलाका बाट छनौट गरिएको बताइएको छ । गोष्ठीमा जिबिस धादिङका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।