संसारभरका नेताहरू फ्रान्सको एकता र्यालीमा जुटे

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

पेरिस, आतंकवादी हमलामा मारिएका मानिसहरूप्रति श्रद्धान्जलि दिनका लागी फ्रान्सको राजधानी पेरिसमा लाखौं मानिसहरूले एकता र्यालीमा भाग लिएका छन । आतंकका बिरूद्ध एकजुटता प्रदर्शित गर्नका लागी ब्रिटेन, जर्मनी, इटाली, टर्की र इजरायल समेत विश्वका के अनेकौं राष्ट्राध्यक्षहरूले समेत यस र्यालीमा भाग लिएका थिए ।

यस र्यालीको नेतृत्व फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले आफैं गरेका थिए । यसमा ब्रिटेनका प्रधानमंत्री डेविड क्यामरन, इटालीका प्रधानमंत्री मेटियो रेन्जी, जर्मनीकी चान्सलर एन्जेला मर्केल, रूसका विदेशमन्त्री सर्जेई लाभरोभ, टर्कीका प्रधानमंत्री अहमद दावुतोगलु, इजरायलका प्रधानमंत्री बेन्जामिन नेतन्याहू, प्यालेष्टिनी राष्ट्रपति महमूद अब्बास, जोर्डनका किंग अब्दुल्ला (द्वितीय) समेत ४० देशहरूका नेता तथा प्रतिनिधिहरूले यस र्यालीमा भाग लिएका थिए ।

पछिल्लो पचास वर्षहरूमा फ्रान्समा भएको सबैभन्दा भीषण आतंकवादी हमलाका बिरूद्ध आयोजित यस विशाल प्रदर्शनलाइ एकता र्यालीको नाम दिइएको थियो । यो प्रदर्शनको शुरुवात मध्य पेरिसको रिपब्लिक चौबाटो बाट भएको थियो । फ्रान्सका प्रधानमंत्री मेनुएल वाल्सले बताए अनुसार यस अभूतपूर्व प्रदर्शनलाइ इतिहासको पानामा दर्ता गरिनेछ ।