बस र ट्याङकर ठोक्किदा ५७ को मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

इस्लामाबाद, २७ पुस – पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार बिहान सबेरै यात्रुबाहक बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ५७ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

सो दुर्घटनामा महिला तथा बालबालिकासहित ५७ भन्दा बढी व्यक्तिको शव प्राप्त भएको कराँचीको जिनाह अस्पताालका डाक्टर सेमी जमालीले एएफपी समाचार समितिलाई बताउनु्भएको छ ।

सो शवहरुहमा महिलासँग टाँसिएर रहेका कम्तीमा ६ बालबालिकाको शव प्राप्त भएको जमालीले बताउनु भएको छ । ती बालबालिकाहरु सोही महिलाहरुका बालबालिका हुनुपर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

सो दुर्घटनामा ज्यान गुमाउने घेरै जसोको तेल ट्याङ्करको आगलागीको कारणका भएको जनाइएको छ । लागलागीमा परी ज्यान गुमाएका ती व्यक्तिहरुको परिचय खुल्न नसकेको र डिएनएको परीक्षणबाट मात्र सो परिचय खुल्ने सक्ने बताइएको छ ।

कराँची प्रहरी निरीक्षक सोएब सिद्दिकी स्थानीय समयाअनुसार आइतबार बिहान २ बजे सो घटना भएको छ । यस घटनामा परी ५७ जनाको ज्यान गएको तर मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेका छन् ।

सिन्ध प्रान्तका यातायत मन्त्री मिर मुमताजकाअनुसार क्षमताभन्दा बढी यात्रु सवार रहेका नै सो दुर्घटानको प्रमुख कारण हो ।

कराँचीबाट सिकारपुर सहरतर्फ गइरहेको सो बसमा ६० यात्रु सवार रहेको अनुमान गरिएको छ । गत नोभेम्बरमा पनि कराँचीबाट ४५० किलोमिटर उत्तरतर्फ रहेको खैरपुर सहरनजिकै सिन्ध प्रान्तमा एक कोइलाको ट्रक र बस ठोक्किँदा भएको दुर्घटनामा १८ जना बालबालिकासहित ५७ व्यक्तिको मृत्यु भएको थियो ।