श्रद्धाञ्जली सभा सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

bichariनलाङ पुस २८ गते । एमाओवादी नलाङका उपाध्य तेजनारायण श्रेष्ठको निधन प्रति एमाओवादी नलाङले आईतबार श्रदाञ्जली सभा सम्पन्न गरेको छ । एकीकृत नेकपा माओृवादी धादिङका सचिव दलबहादुर वुर्लाकोटीको प्रमुख आतिथ्यतामा आज श्रदान्जली सभा सम्पन्न गरेको हो । श्रदाञ्जली सभामा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारी, सचिवालय सदस्य झम्क परियार, जिल्ला सदस्य महेन्द्र तिमल्सिना, लगायतको आतिथ्यता रहेको थियो ।
पुस १३ गते अम्लेश्वर आयल स्टोर मासटार बैरेनीबाट मोटर साईकलमा पेट्रोल हाली सडक पार गर्दा काठमाडौंबाट दाङ जादै गरेको बा ३ ख ५५८६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा घाईते हुनुभएका श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । ०४२ साल देखि कम्यूनिष्ट आन्दोलनमा लागेका श्रेष्ठ ०६४ सालदेखि एमाओवादीमा लागेर नलाङमा राजनीति गर्दै आउनु भएको एमाओवादीले जनाएको छ ।