धादिङमा क्षेत्रिसमाजले मनायो पृथ्वी जयन्ती

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

२०७१ पुस २८, धादिङवेसी । तत्कालीन राजा पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्म जयन्तीको अवसरमा आइतबार धादिङबेसीमा बिभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमा क्षेत्री समाज धादिङले सदरमुकाम धादिङवेसीमा पन्चेबाजा सहित ¥याली निकालेको थियो ।
गणतन्त्र स्थापनाअघि पुस २७ गतेलाई सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गर्दथ्यो । सोही राष्ट्रिय एकताको दिवसलाई नागरिक स्तरमा धादिङमा क्षेत्री समाजले मनाएको हो ।
पृथ्वीनारायण शाहको सम्झनामा जिल्लाको केही संचारकर्मीहरु, क्षेत्री समाजका केन्द्रिय सदस्य ध्रुव अधिकारी, नेपाल मगर समाजका अमृता रेशमी मगर, दशनामी समाजका रामनाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रिय परिसद् सदस्य नन्दप्रसाद काप्रि, लगायत स्थानीयवासीहरुको समेत उपस्थिति रहेको थियो ।

जातिय सद्भाव, राष्ट्रिय एकता जनमुखी संविधान हामी सबैको आबश्यकता भन्ने मुलनारा सहित आयोजना गरिएको कार्यक्रममा क्षत्री समाज धादिङका अध्यक्ष लोकेन्द्रकुमार थापाले देशका ८० प्रतिशत जनताले अखण्ड देशको आवश्यकताको महसुस् गरेको दावी गर्नुभएको थियो ।

संविधानसभा निर्वाचनमा जनताको मत लिएर गएको नेपाली काँग्रेस र एमाले लगायतले जनपक्षिय संविधान दिन नखोजेको समेत उहाँले आरोप लगाउनुभयो । एकाथरि मान्छेहरु सहमति र अर्काथरी प्रक्रियाको कुरा गरेर संविधानबाट मुलुकलाई टाढा गराएको समेत उहाँको आरोप थियो । नेपालका राजनीतिक दलहरु पटक–पटक असफल भएको भन्दै उहाँले दलहरुको आलोचना समेत गर्नुभयो ।
सो अवसरमा धादिङ उद्योग वाणिज्य संघ सचवालयको भवन अगाडि राखिएको शाहको शालिकमा माल्यार्पण समेत गरिएको थियो । उता पृथ्वीनारायण शाहको सम्झनामा नुवाकोटको केउरिनीदेखि साततले दरबारसम्मको चारकिलोमिटर दूरीमा दौड प्रतियोगिता गरिएको बताइएको छ । नुवाकोट दरबार क्षेत्रमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ ।

त्यसै गरि आज प्राज्ञिक विद्यार्थी परिषद नेपाल धादिङले पृथ्वीनारायण शाहको जन्मोत्सव कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय एकता दिवसको अवसर पारी सो कार्यक्रम धादिङ वेशीमा सम्पन्न भएको हो । पा्रज्ञिक विद्यार्थी परिषद नेपाल धादिङकी नगर सचिव कल्पना श्रेष्ठको सभापतीत्वमा सन्पन्न भएको कार्यक्रममा नविन वन्धु पहाडी तथा परिषदका केन्द्रिय सदस्य छन्द कुमार अर्यालको प्रमुख आतित्थ्ता रहेको थियो । परिषदको केन्द्रिय सदस्य र नविन वन्धु पहाडीले क्रमश पृथ्वीनारायण शाहको जीवनी माथी चर्चा, पृथ्वीनारायण शाहका धादिङका ३ सम्वन्ध तथा दिव्य उपदेशका वारेमा चर्चा गरिएको थियो । कार्यक्रममा ४० जना सहभागी रहेको विद्यार्थी परिषदले जनाएको छ ।