प्याब्सन कप २०७१ खुलकुद सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस २७, २०७१

सामुहिक फोटो खिचाउँदै एड्भान्स एकेडेमीका धादिङबेसीका भलिबल खेलाडीहरु
सामुहिक फोटो खिचाउँदै एड्भान्स एकेडेमीका धादिङबेसीका भलिबल खेलाडीहरु

धादिङ पुस २७ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले, आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्याब्सन कप खेलकुद प्रतियोतिा शनिबार सम्पन्न भएको छ ।
तीन दिन सम्म चलेको खेलकुद प्रतियोगितामा, प्याब्सन सँग आवद्ध रहेका विद्यालयहरुले भाग लिएका थिए ।
आज भएको भलिबल फाईनल खेलमा छात्रा र छात्र दुवैमा एड्भान्स एकेडेमीलाई हराउँदै, दराईजिङ भिजेल उच्चमावि पहिलो भएको थियो भने धेरै मेहनत र रोमान्चक खेल प्रस्तुत गरेको एड्भान्सका छात्र छात्राको दुबै टिम दितिय भएका थिए ।
प्याब्सन कपको लागि सबै खेलकुद अङ्क स्कोरको आधारमा भने, द राईजिङ भिलेज उच्च माविले १०८ अंक ल्याई प्रथम, मुनाल एकेडेमीले ७३ अंक ल्याई दितिय, र एड्भन्स एकेडेमी धादिङबेसी पुछारबजारले ६९ अंक ल्याई तृतिए भएका छन ।
त्यसैगरी चिल्ड्रेनपार्क आवासीय उच्चमाविले ५१ अंक, सुनगाभा एकेडेमीले ४८ अंक, ब्राइट फ्यूचर बोडिङले२६ अंक, सरस्वती चिल्ड्रेनपार्क स्कुलले ८ अंक, सल्यानटार यूनाईटेड स्कुलले ७ अंक, राईजिङ स्टार बोर्डिङले ५ अंक र गुड स्टार बोर्डिङले १ अंक ल्याएका थिए ।
पुरस्कृत विद्यालय र विद्याथीहरुलाई कार्यक्रम समापन समारोहका प्रमुख अतिथि तथा प्याब्सनका केन्द्रिय उपमहासचिव राजेन्द्र बानियाले कप मेडल प्रमाण पत्रले सम्मान गर्नु भएको थियो ।
सामुहिक फोटो खिचाउँदै प्याब्सन कप बिजो राईजिङ भिलेजका  भलिबल खेलाडीहरु
सामुहिक फोटो खिचाउँदै प्याब्सन कप बिजो राईजिङ भिलेजका भलिबल खेलाडीहरु