प्याब्सन दिवसमा खेलकुद प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शनिबार, पुस १९, २०७१

aaaaaaधादिङबेसी पुस १९ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले स्थापना दिवसको अवसर पारेर खेलकुद प्रतियोगिता आयोजन गरेको छ ।
खेलकुदका माध्यमबाट अनुशासन र अनुशासित खेलाडीको माध्यमबाट भातृत्व एवम् भगिनित्वको सद्भाव कायम गर्दै राष्ट्रमा शान्ति र समुन्नती स्थापना गर्ने र अन्तराष्ट्रिय स्तरमा राष्ट्रलाई खेलका माध्यमबाट परिचित गराउने लक्षका साथ प्याब्सन धादिङले स्थापना दिवसको अवसर पारेर खेलकुद प्रतियोगिता आयोजन गरेको हो ।
प्याब्सन धादिङका सचिव गोबिन्द बुढाथोकीले विगतका वर्षहरुमा झैं यस वर्ष पनि प्याब्सन दिवस २०७१ को अवसरमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता गर्न लागिएको बताउनु भयो । बुढाथोकीले दिनु भएको जानकारी अनुसार निम्न खेलहरु निम्न मिति र सर्तमा हुने छन् ।
छात्र तर्फ छात्रा तर्फ
१ एथलेटिक्स
फिल्डिङ तर्फ हाइजम्प १ जना १ जना २ जना
लङगजम्प १ जना १ जना २ जना
ट्र्याकतर्फ १०० मीटर दौड १ जना १ जना २ जना
२०० मीटर दौड १ जना १ जना २ जना
२००० मीटर दौड १ जना १ जना २ जना
२ भलिबल तर्फ १ टीम ९ जना ९ जना १८ जना
माथी उल्लिखित प्रतियोगिताहरुमा खेलाडी समावेश गराउँदा तपशीलका सर्तनामाहरु लागुहुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
१। प्रतियोगितामा माध्यमिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरु समावेश हुन पाउनेछन् ।
२। सहभागिहुने विद्यार्थीहरुमध्ये कक्षा ९ र १० का विद्यार्थीहरुको हकमा कक्षा ८ पासभएको प्रमाणित प्रतिलिपी र अन्य कक्षाका हकमा २०७० सालमा पास गरेको कक्षाको मार्कसिटको प्रमाणित प्रतिलिपी र विद्यालयको आधिकारिक परिचय पत्र अनिवार्य साथमा हुनुपर्ने छ ।
३। खेलाडीको व्यक्तिगत विवरण फारम पूर्णरुपले भरेको र अभिभावकको स्वीकृति प्रदान गरेको र विद्यालयका प्रधानाध्यापकले प्रमाणित गरेको हुनुपर्नेछ ।
४ सम्पूर्ण खेलहरु प्याब्सन दिवसका अवसरमा यही पौष २४ गते देखि पौष २६ गतेसम्म धादिङबेसीमा सञ्चालन गरिनेछ ।
५। एथलेटिक्समा एउटा खेलाडीले २ ट्र्याक र १ फिल्ड वा २ फिल्ड र १ ट्र्याक मा मात्र सहभागि हुन पाउनेछन् ।
६। विद्यालयको आधिकारिक खेलकुद पोशाकमा खेलाडी मैदानमा उपलब्ध हुनुपर्नेछ ।
मूल्याङ्कनका आधारहरुः
१। एथलेटिक्स तर्फ प्रत्येक इभेन्टको प्रथम हुनेलाई स्वर्ण, द्वितीय हुनेलाई रजत र तृतीय हुनेलाई कास्य पदक र प्रमाण पत्र सहित क्रमशः ७, ५,४ र चौथो, पाँचौं र छैठौं हुनेलाई क्रमशः ३, २ र १ अंक प्रदान गरिनेछ ।
२। भलिबल तर्फ प्रथम हुनेलाई स्वर्ण र द्वितीय हुनेलाई रजत पदक र प्रमाण पत्र सहित क्रमशः ३५ र २१ अंक प्रदान गरिनेछ । भने सेमी फाइनलमा सहभागि भएका बाँकी दुइ टीमलाई १४÷१४ अंक प्रदान गरिनेछ ।
३। भलिबल र एथलेटिक्समा प्राप्त ९छात्र÷छात्रा दुबै समूहको जम्म अंकको आधारमा० विद्यालयको स्थान छुट्याई प्रथम, द्वितीय र तृतीय विद्यालय घोषणा हुनेछ ।